आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक: मन्त्री थापा
पाेखरा | असार १४, २०८१
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् ।
शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताएका हुन् ।
“सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो । स्वरोजगार बनी अन्यलाई रोजगार दिने बाटोमा यहाँहरु अग्रसर रहनुहुुनेछ भन्ने अपेक्षा लिएको छु ।’, उनले भने ।
मन्त्री थापाले सीप सिकेर खेर नजाने र कुुनै न कुुनै समयमा काम लाग्ने उल्लेख गरे । आफुु पनि सुरुवातको समयमा बेरोजगार हुँदा परदेशिने योजना बनाएता पनि सीप विकास तालिमले नै देशमै बस्ने वातावरण सिर्जना गरेको र यहाँसम्म पु¥याएको अनुभव सुुनाए ।
आत्तिएर कुुनै पनि काम नबन्ने र धैर्यताको खाँचो युवामा रहेको भनाई उनको छ । प्रदेश सरकारले नेपालमा नै बसेर स्वरोजगार तर्फ आकर्षण बढाउन युवा लक्षित कार्यक्रम ल्याएको उनले उल्लेख गरे । सीप सिक्नेहरुका लागि अवसर थुप्रै रहेको बताउँदै सीपबाट वञ्चित नहुन उनको आग्रह छ ।
बेसीकसँगै एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता उनको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालु आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम गर्न आफुहरु सक्षम भएको बताए । जसमा १९५१ जनाको आवेदनमा ७०५ जनाले तालिम लिएको भनाई उनको छ । तालिमबाट सीप सिकी नेपालमा नै बस्ने प्रेरणा युवालाई मिलेको विश्वास उनले लिएका छन् ।
तालिम लिएर आफ्नो अनुभव सुनाउँदै पोखरा २० की अस्मिता बस्नेतले सीप विकास तालिमले आफुलाई दक्ष बनाएको बताइन् । आधारभूत केश श्रृङ्गारको तालिम लिएकी उनले स्वरोजगार बन्न प्रेरित भएको सुुनाइन् । उनले आफुले सिकेको सीपलाई कार्यान्वयनमा लाने र नेपालमा नै केही गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फेशन डिजाइन, प्लम्बिङ, आधारभूत केश श्रृङगार, कपाल काट्ने सैलुन, विद्युत जडान, एडभान्स ब्युुटिपार्लर जस्ता विभिन्न ६ वटा विषयगत तालिम उपलब्ध गराइएको थियो । जसमा करिब १ सय ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

